एमाले प्रवेश गर्दै करिश्माले भनिन् : ओलीको कुरा जति सुने पनि अघाउन्न

एमाले प्रवेश गर्दै करिश्माले भनिन् : ओलीको कुरा जति सुने पनि अघाउन्न

काठमाडौँ : एमालेमा प्रवेश गर्दै कलाकार करिश्मा मानन्धरले एमाले अध्यक्ष केपी ओलीको कुरा जति सुने पनि आफू नअघाउने दाबी गरेकी छिन्। ओलीबाट खादा लगाएर मङ्गलवार औपचारिक रूपमा पार्टी प्रवेश गरेकी उनले ओली भिजन भएको नेता भएको दाबी समेत गरिन्।

उनले एमालेले आफूलाई स्वीकार गरेपछि कलाकारको रूपमा राष्ट्रिय पहिचान पाएको दाबी गर्दै आजैबाट एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेको बताइन्।

'नेता भनेको भिजन देखाउने मान्छे हो। त्यो भिजन उहाँमा रहेको म पाउँछु। उहाँमा यति इनर्जी छ। उहाँका कुरा जति सुनेपनी म अघाउँदिन,' मानन्धरले भनिन्।

उनले एमालेले परिवर्तनको रियल अजेण्डा बोकेको र समाजवादको अठोट गरेको बताइन्। नयाँ शक्तिबाट राजनीतिमा प्रवेश गरेकी उनी पछिल्लो समय राजनीतिक गतिविधिबाट टाढा बसेकी थिइन्। केही समयदेखि उनी एमाले प्रवेशका लागि सक्रिय हुँदै एमाले अध्यक्ष ओलीलाई भेटेकी थिइन्।

चैत ८, २०७८ मंगलबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।