अभिनेत्री करिष्मा मानन्धर एमाले प्रवेश

अभिनेत्री करिष्मा मानन्धर एमाले प्रवेश

काठमाडौँ : अभिनेत्री करिष्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । आज (मंगलबार) माइतीघर स्थित कार्की ब्याङ्क्वेटमा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। 

उनले वैकल्पिक राजनीति’ गर्दै बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करियर सुरू गरेकी थिइन् । तर पछि उनी सो पार्टीबाट अलग भएकी थिइन्। करिष्माले फागुन २६ मा ओलीसँग बालकोटमा भेट गर्दै पार्टी प्रवेश गर्ने मिति टुंग्याएकी थिइन्।

एमाले प्रवेश बोल्दै उनले आजबाट आफूले राष्ट्रिय कलाकारको रूपमा पहिचान पाएको बताइन्। एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेको भन्दै अध्यक्ष ओली भिजन देखाउने नेता भएको उनले बताइन्। उनले भनिन्,'ओलीका कुरा जति सुनेपनी म अघाउदिन। एमालेले परिवर्तनको रियल एजेण्डा बोकेको छ।' 

मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा बिलय भएको छ।

चैत ८, २०७८ मंगलबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।