विद्यालय हिँडेका विष्णु र लोर्के बेपत्ता

विद्यालय हिँडेका विष्णु र लोर्के बेपत्ता

बागलुङः जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर बेपत्ता भएका छन्। विद्यालय जान भनी दुई दिनअघि उनीहरू घरबाट निस्के पनि हालसम्म परिवारको सम्पर्कमा आएका छैनन्।

चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन्।

बेपत्ता भएका दुई किशोर रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताए। उनीहरू आइतबार पनि विद्यालय नपुगेको पाइएको छ।

परिवारले किशोरहरूको खोजी गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए।

चैत ८, २०७८ मंगलबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।