नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना: १७४ देशमा विस्तार भयो सम्बन्ध

नेपाल र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना: १७४ देशमा विस्तार भयो सम्बन्ध

काठमाडौंः नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र गणतन्त्र पलाउका स्थायी प्रतिनिधि इलाना भिक्टोरिया सेडले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा सोमबार हस्ताक्षर गर्दै सम्बन्ध स्थापना गरेका हुन्।

दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आज जनाएको छ।

गणततन्त्र पलाउ १५ डिसेम्बर १९९४ मा १८५औं सदस्य राष्ट्रको रूपमा संयुक्त राष्ट्रसङ्घमा सामेल भएको हो।

चैत ८, २०७८ मंगलबार ०९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।