एक करोड साढे आठ लाख बराबरको सुन मलद्वारमा लुकाएर ल्याउने पक्राउ

एक करोड साढे आठ लाख बराबरको सुन मलद्वारमा लुकाएर ल्याउने पक्राउ

काठमाडौंः नेपाल प्रहरीले विशेष सूचनाको आधारमा मलद्वारमा लुकाएर सुन ल्याउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ३८ वर्षीय शुभम मेहरा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले बताए।

उनले सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि विमानस्थलमा शौच गर्न लगाएर सुन निकालिएको ढकालले बताए। उनले एक हजार २६८ ग्राम रहेको सुन लुकाएर ल्याएका थिए। उक्त सुनको मूल्य रु एक करोड आठ लाख ४९ हजार रहेको जनाइएको छ।

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनको गतिविधि शङ्कास्पद देखिएपछि विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो।

हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र बेलनाकार बनाई ल्याइएको दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।

चैत ८, २०७८ मंगलबार ०९:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।