एक सय ३२ यात्रु बोकेको चिनियाँ विमान दुर्घटना: सबैको मृत्यु

एजेन्सीः चिनियाँ विमान चाइना इस्टर्न बोइङ ७३७ दुर्घटनामा परेको छ। एक सय ३२ यात्रुसहित उडेको विमान दक्षिण चीनको गुआञ्जी जुहाङ स्वायत्त क्षेत्रमा दुर्घटनामा परेको हो।
विमान चिनियाँ समयअनुसार सोमबार दिउँसो दुर्घटनामा परेको हो। चीनमा सन् २०१० पछिको पहिलो दुर्घटना हो। यसअघि चार हजार दुई सय २७ दिनसम्म सुरक्षित हवाइ यात्रा गरेर चीनले कीर्तिमान कायम गरेको थियो।
दुर्घटनाको बारेमा अध्ययन भइरहे पनि विमान एक्कासि अनियन्त्रित भई बजारिएको बताइएको छ। क्रुजिङ अल्टिट्युडमा रहेको विमान विस्तारै ओरालो आउनुपर्नेमा एक्कासि तल खसेको हो।
रोयटर्सका अनुसार विमानमा सवार सबैको मृत्यु भएको छ।
चैत ८, २०७८ मंगलबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।