प्रदेश १ र गण्डकीमा बदली, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १ र गण्डकीमा मौसम बदली हुने जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण केही स्थानमा मौसम बदली हुने भएको हो।
यतिबेला प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली भइरहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति पनि यही मौसमी प्रणाली रहनेछ।
चैत ८, २०७८ मंगलबार ०८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।