विश्व पानी दिवस: पिउने पानी स्वच्छ भए अधिकांश रोग नलाग्ने

विश्व पानी दिवस: पिउने पानी स्वच्छ भए अधिकांश रोग नलाग्ने

काठमाडौंः आज विश्व पानी दिवस रहेको छ। प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो।

मानव सभ्यता पानीकै छेउमा विकसित भएको हो भने पानीबिना कुनै पनि जीवनको अस्तित्व सम्भव हुँदैन। पिउने पानी स्वच्छ र सुरक्षित भयो भने अधिकांश रोग नै लाग्दैन।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिन्छ। तर यहाँको संघीय राजधानीमै सफा खानेपानीको अभाव छ।

यस वर्षको दिवसको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ रहेको छ। यो नाराका साथ आज बिहान खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायको आयोजनामा सुन्दरीजलमा विशेष कार्यक्रम गर्न लागिएको छ। कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीलगायतको सहभागिता रहने जनाइएको छ।

चैत ८, २०७८ मंगलबार ०७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।