प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भाग लिन प्रचण्ड जनकपुर जाँदै

प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भाग लिन प्रचण्ड जनकपुर जाँदै

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज मधेश प्रदेशको राजधानी जनकपुर जाँदैछन्। आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी जनकपुरमा आज मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि उनी जनकपुर जाने भएका हुन्।

जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन्। जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए।

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेश प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका प्रतिनिधि, जिल्ला कमिटीका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतकोे सहभागिता रहने जनाइएको छ।

चैत ८, २०७८ मंगलबार ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।