सुनको मूल्यमा उतारचढाव कायमै, आज तीन सयले बढ्यो

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य आज तीन सय रुपैयाँ प्रतितोलाले बढेको छ। पछिल्लो केही सातायता अस्थिर रहेको सुनको मूल्य हिजो ६ सयले घटे पनि आज पुनः बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजाबी सुनको मूल्य पनि बढेर ९९ हजार रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य भने आज स्थिर छ। महासंघका अनुसार आज चाँदी हिजोकै मूल्यमा प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ।
चैत ७, २०७८ सोमबार ११:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।