रुस र युक्रेनबीच इजरायलमा वार्ता हुनसक्ने

एजेन्सीः युद्धरत दुई देश युक्रेन र रुसबीच इजरायलमा वार्ता हुनसक्ने भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इजरायलले दुई देशबीच मध्यस्त गर्न प्रयत्नरत रहेको भन्दै सम्भावित उच्च तहको शान्तिवार्ता त्यहाँ हुनसक्ने बताएका हुन्।
'इजरायलका प्रधानमन्त्री बेनेट वार्ताका लागि प्रयत्नरत छन्। हामी उनको कदमप्रति कृतज्ञ छौँ। छिट्टै हामी रुससँग जेरुसेलममा वार्ता गर्नेछौँ', जेलेन्स्कीले भने।
आइतबार इजरायलको संसद्लाई सम्बोधन गरिसकेपछि जेलेन्स्कीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।
चैत ७, २०७८ सोमबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।