विष्णु पौडेलसहित एमालेका चार नेता चीनतर्फ

विष्णु पौडेलसहित एमालेका चार नेता चीनतर्फ

काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल चीन गएका छन्। ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन उपाध्यक्ष पौडेल नेतृत्त्वको टोली आज चीन गएको हो।

टोलीमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेश सभा सदस्य मीनासिंह रखाल रहेका छन्।

उनीहरू चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते नेपाल फर्किने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव याम पाण्डेले बताए।

चैत ७, २०७८ सोमबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।