विश्वकप लिग टुमा आज दोस्रो पटक यूएईसँग भिड्दै नेपाल

काठमाडौंः आईसीसी क्रिकेट विश्वकप लिग टु मा आज नेपालले तेस्रो खेल खेल्दैछ। पहिलोमा पीएनजीलाई २ विकेटले हराएको नेपालले दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो।
आज नेपाली टोली यूएईविरुद्ध नै तेस्रो खेल खेल्न गइरहेको छ। खेल बिहान ११:१५ बाट सुरु हुनेछ।
त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले पीएनजीविरुद्ध अन्तिम खेल खेल्नेछ।
७ टीम सम्मिलित लिग टुमा नेपालले हालसम्म १० खेल खेल्दै पाँचमा जितसहित १० अंक जोडेर छैटौं स्थानमा छ। यूएईले हालसम्म १७ खेल खेलेर ९ मा जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ।
चैत ७, २०७८ सोमबार ०९:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।