मौसम अपडेट: प्रदेश १ को पहाडी भूभागमा चट्याङसहित वर्षा

मौसम अपडेट: प्रदेश १ को पहाडी भूभागमा चट्याङसहित वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण मौसम बदली हुने भएको हो।

यतिबेला प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो देशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आज राति प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन\चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

चैत ७, २०७८ सोमबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।