यौन दुर्व्यवहार घटनामा स्थानीय आक्रोशित हुँदा लेटाङमा तनाव, महिला प्रहरी मारिइन्

मोरगं : विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना उग्र बन्दै गएपछि मोरगंको लेटाङ नगरपालिकामा एक महिला प्रहरीको मृत्यु भएको छ।
लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलमाथि कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।
आक्रोशित गाउँलेले विद्यालय घेरेर आरोपी शिक्षकलाई कुटपिट गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। आक्रोशित भिडले विद्यालयमा आगो लगाएपछि प्रहरीको सङ्ख्या बढाइयो। त्यहीबिचमा कसैले महिला प्रहरीको घाँटीमा छुराले काट्दा उनको मृत्यु भयो।
विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्न खोज्दा भिड थप आक्रोशित भएको थियो। भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भयो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एक युवकलाई पनि गोली लागेको छ। घटनास्थलमा तनाव जारी छ।
चैत ६, २०७८ आइतबार २३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।