भारतको राजदूतमा डा. शङ्करप्रसाद शर्मा नियुक्त

भारतको राजदूतमा डा. शङ्करप्रसाद शर्मा नियुक्त

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शङ्करप्रसाद शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा. शर्मालाई उक्त पदमा आज नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को गत मंसिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो। यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए।

चैत ६, २०७८ आइतबार २१:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।