दिनेश र रुबिकाले जिते प्रोफेसनल आईटीइफ च्याम्पियनसिप

दिनेश र रुबिकाले जिते प्रोफेसनल आईटीइफ च्याम्पियनसिप

काठमाडौँ : जीपी कोइराला प्रोफेसनल आईटिएफ तेक्वान्दो च्याम्पियनसिप २०२२ को पुरुषतर्फ नेपाली सेनाको खेलाडी दिनेश बुढा मगर र महिलातर्फ रुबिका खड्का पहिलो भएका छन्।

काठमाडौँको दशरथ रङ्गशालामा भएको प्रतियोगितामा पुरुषतर्फ प्रमोद कुमार साहु दोस्रो र सेनाकै खेलाडी प्रेम मगरले तेस्रो भएका छन्। महिलातर्फबाट नेपाली सेनाका खेलाडी हिमा खड्काले दोस्रो र लुम्बिनी प्रदेशकी खेलाडी तेरिया सापकोटा तेस्रो भइन्।

पहिलो हुने खेलाडीले अमेरिकी डलर ५ सय र दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः तीन सय र दुई सय डलर पुरस्कार प्राप्त गरेका छन्।

समापन समारोहमा खानेपानी मन्त्री उमाकान्त चौधरीले  खेलाडीलाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा खेलाडी सँगिना वैद्यका साथै खेलकुद परिषद्का पदाधिकारी  उपस्थित थिए।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस अवसरमा पारेर उक्त प्रतियोगिता आयोजना गरिएको थियो। जीपी कोइराला फाउन्डेसनको बागमती प्रदेश समितिको युवा तथा खेलकुद विभाग र नेपाल इन्टरनेशल तेक्वान्दो महासङ्घको सहकार्यमा प्रतियोगिता सञ्चालन गरेको कार्यक्रम संयोजक तुलसी थापा मगरले बताइन्। ५ र ६ चैतमा भएको प्रतियोगितामा ७ प्रदेश, २ विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलका ३-३ जना महिला र पुरुष खेलाडीसहित ५४ जना खेलाडी सहभागिता थिए।

चैत ६, २०७८ आइतबार २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।