निर्वाचन आयोग निष्पक्ष भएन : अध्यक्ष ओली

निर्वाचन आयोग निष्पक्ष भएन : अध्यक्ष ओली

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन्। इलामको सूर्योदयमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गरे। 

हरियो रङ रुख जस्तो हुने र कांग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए। उनले एमालेको लोकप्रियताप्रति अन्य दलहरू डराएको टिप्पणी गरे।  

एमाले जनताको पार्टी भएको उनको भनाइ छ । एमाले सरकारमा हुँदा शिक्षा, स्वास्थ्य, सडक क्षेत्रको विकासमा राम्रो काम गरेकाले एमाले सबै विकास गरिसक्छ भनेर अन्य दल डराएको उनले बताए। 

ओलीले निष्पक्ष भएर काम गर्न आग्रह गरेका छन्। ‘उहाँहरू (गठबन्धन) मुद्दा मामिलाको माध्यमबाट निर्वाचन आयोगलाई दुरुपयोग गरेर आफ्नो पक्षमा पार्न चाहनु हुन्छ’, अध्यक्षले थपे,‘ म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु र भन्न चाहन्छु निर्वाचन आयोगले एउटाको पक्षमा काम गर्ने होइन निष्पक्ष भएर काम गर्नुपर्छ ।’

चैत ६, २०७८ आइतबार १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।