नेपाल इटाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा नवराज ढकाल

नेपाल इटाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा नवराज ढकाल

काठमाडौँ :  नेपाल इटाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा नवराज ढकाल चयन भएका छन्। सङ्घको सातौँ वार्षिक साधारण सभाले ढकालको नेतृत्वमा पदाधिकारी तथा सदस्यहरूसहित  २५ सदस्य कार्यसमिति गठन गरेको हो। 

सङ्घको विशिष्ट सदस्यमा राजेशकाजी श्रेष्ठ छन्। उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल छन् भने महासचिवमा राजेन्द्रलाल श्रेष्ठ र पवनकुमार अग्रवाल कोषाध्यक्ष चयन भएका छन्। तीर्थबहादुर रोका र मनोज श्रेष्ठ सचिवमा चयन भएका छन्।

सदस्यमा अरनिको राजभण्डारी, अरुण केसी, बाशुमाया तामाङ, भुवनेश्वर फैजु, विना प्याकुरेल श्रेष्ठ, वीरेन्द्र शाही, किसन सुनार, निरज श्रेष्ठ, राजेन्द्र बराल, रोम घिमिरे, सञ्जय अग्रवाल, शम्भुकुमार लामा, साम्बा लामा, सुमित कुमार बन्सल, सुशील जैन, विनोद शाक्तानी र युगेश वादे श्रेष्ठ चयन भएका छन्।

सङ्घले नेपाल र इटालीबिच  भइरहेको व्यापार व्यवसायलाई अझ व्यवस्थित र विस्तार गरी पर्यटन, सूचना प्रविधि तथा अन्य मेसिनरी वस्तुहरूमा थप लगानी वृद्धि गर्ने र दुई देशको व्यापार व्यवसायलाई लगानी मैत्री बनाउन पहल गर्ने बताएको छ।

चैत ६, २०७८ आइतबार १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।