एमाले जनताको मन-मनमा छ, आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउछौँः पोखरेल

सुर्खेत : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताएका छन्। एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले जनतासँगै रहेकाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्ने बताए।
“एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन्”, पोखरेलले भने, “आम जनताको मन-मनमा एमाले छ। आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउनेछौँ।” एमाले कर्णाली प्रदेश इञ्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कँडेलले धेरै दलबाट मुलुकले स्थायित्व नपाउने भन्दै दुई दलीय व्यवस्था आवश्यक रहेको जिकिर गरे।
सुर्खेत पुगेका पोखरेलले माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्बरबहादर विष्ट लगायत १५० जनालाई एमालेमा प्रवेश गरेका छन्।
चैत ६, २०७८ आइतबार १८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।