खातामा पैसा नभएको चेक दिने धिमाल पक्राउ

खातामा पैसा नभएको चेक दिने धिमाल पक्राउ

काठमाडौँ : प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-२ गोकर्णेश्वर बस्ने वर्ष ३६ का नवराज धिमाललाई पक्राउ गरेको केन्द्रीय अनुन्धान ब्यूरोले जनाएको छ। 

धिमालले प्राइम बैंक लिमिटेड, बागबजार, काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको प्रहरीले जनाएको छ।

उच्च अदालत पाटनबाट २०७८ असोज १८ मा प्रतिवादी नवराज धिमाललाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा २० लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद हुने ठहर भएकोमा फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो।

धिमाललाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाइएको ब्युरोका प्रवक्ता श्याम कुमार महतोले जानकारी दिए । 

चैत ६, २०७८ आइतबार १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।