अख्तियारद्वारा वन उपभोक्ता समूहका २ सचिवविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा वन उपभोक्ता समूहका २ सचिवविरुद्ध मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी बराह क्षेत्रस्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन दुई सचिवविरुद्ध  विशेष अदालत काठमाडाैँमा मुद्दा दायर गरेको छ। 

आइतबार आदर्श सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन सचिव दीपक थापा मगरले आफ्नो कार्यकालमा उपभोक्ताहरूबाट रसिद काटेर बुझेको २ लाख ९३ हजार ३७२ रुपैयाँ कोषमा दाखिला नगरेको भन्दै मुद्दा दर्ता गरिएको हो।  

यस्तै तत्कालीन सचिव जनक थापाले पनि आफ्नो कार्यकालमा उपभोक्ताहरूबाट रसिद काटेर बुझी लिएको ७० हजार ८५ रुपैयाँ समूहको कोषमा दाखिला नगरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

उनीहरूले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकममा अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। 

चैत ६, २०७८ आइतबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।