आइतबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट २८ र एन्टीजेन परिक्षणबाट ९ गरि कुल ३७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३८२ जना संक्रमण मुक्त भएका छन्। नेपालमा कोरोना निको हुने प्रतिशत ९८.४ रहेको मन्त्रालयले जनाएको छ।
देशभर अहिले १०६ जना क्वारेन्टाइनमा रहेका छन्। नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २४१ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भने भएको छैन। नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ।
चैत ६, २०७८ आइतबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।