कार दुर्घटनामा ७ जनाको मुत्यु

कार दुर्घटनामा ७ जनाको मुत्यु

एजेन्सी : म्यानमारमा कार दुर्घटनामा ७ जनाको भएको छ। म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी ७ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ। बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। सो कारमा सवार व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ। तर प्रहरीले पुष्टि गर्न भने बाँकी रहेको अस्पताल जनाएको छ।

बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल पुर्याइएको थियो। तर गम्भीर रुपमा घाइते भएका सबैको सो अस्पतालमा निधन भएको थियो। मृत्यु हुनेमा तीन जना महिला र दुई बालबालिका पनि रहेका छन्। यस दुर्घटनमा परी बसका केही व्यक्ति घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ।
 

चैत ६, २०७८ आइतबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।