बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण प्रस्ताव गर्नेबारे छलफल

बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण प्रस्ताव गर्नेबारे छलफल

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बतएका छन्। जोनसनले सन्डे टाइम्सलाई बताए अनुसार जेलेन्स्कीसँग नियमित कुराकानी हुन्छ र उनी एक निक्कै आकर्षक व्यक्तित्व  भएको र  प्रेरणाको स्रोत पनि साबित भएका छन्।

जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो, तर ‘भोलोडिमिर सधैं स्पष्ट रहेका छन्, उनको कर्तव्य युक्रेनी जनताप्रति हो, उनी त्यही बस्नेछन् र जनताको हेरचाह गर्नेछन् । म उनको प्रशंसा गर्छु प्रधानमन्त्री जोनसनले भने।

डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनविरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि  गत फेब्रुअरी  २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो।

यता रुसले भने विशेष अपरेशनको उद्देश्य युक्रेनलाई असैन्यीकरण र (डिनाजिफाइ) गर्नु हो र केवल सैन्य पूर्वाधारलाई लक्षित गरिएको छ। नागरिक जनसंख्या खतरामा छैन। मस्कोले बारम्बार जोड दिँदै भनेको छ उसको युक्रेन कब्जा गर्ने कुनै योजना पनि नभएको बताउँदै आएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ, जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन्।

रुसको अपरेशनको प्रतिक्रियामा, पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् जसमा धेरै रूसी अधिकारीहरू र संस्थाहरू, मिडिया, र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द र प्रतिबन्धात्मक उपायहरू समावेश छन्।
 

चैत ६, २०७८ आइतबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।