रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

एजेन्सी : रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।
हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गरेको रुसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ।
चैत ६, २०७८ आइतबार १४:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।