बैतडीमा १४ वर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ

बैतडीमा १४ वर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ

बैतडी : बैतडीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन्। बैतडीको शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। 

पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। 

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। घाँस काट्न गएका बेला बालिकामाथि बलात्कार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। आरोपित दुवैजना मेलौली पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएको बुझिएको छ। उनीहरुविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

चैत ६, २०७८ आइतबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।