ट्युनिसियाको समुद्री किनारमा २० शव फेला
एजेन्सी : ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा २० अवैध आप्रवासीको शव फेला परेको छ। यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचार अनुसार यसअघि गत शुक्रबार सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो। शनिबार थप ८ जनाको शव भेटिएको हो ।
ट्युनिसियाको समुद्री किनारा युरोप जाने आप्रवासीहरुले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो। उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेको हुनसक्ने ट्युनिसियाली प्रहरीले जनाएकाे छ।
चैत ६, २०७८ आइतबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।