१७ वर्षीया किशोरी बलात्कार गर्ने २४ वर्षीय सन्तोष पक्राउ

१७ वर्षीया किशोरी बलात्कार गर्ने २४ वर्षीय सन्तोष पक्राउ

तेह्रथुमः १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक २४ वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने सन्तोष कटुवाल रहेका छन्।

कटुवालले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चैत ६, २०७८ आइतबार १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।