माओवादी केन्द्रका प्रमुख सचेतक विष्ट निलम्बित

सुर्खेतः माओवादी केन्द्र कर्णाली प्रदेश सभाका प्रमुख सचेतक ठम्मर विष्टलाई पार्टीले निलम्बन गरेको छ। पदबाट राजीनामा बुझाएका विष्ट निरन्तर पार्टीको विधानविपरीत अभिव्यक्ति दिएको साथै निर्देशनको अवज्ञा गरेको भन्दै निलम्बन गरिएको हो।
उनलाई पार्टी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आज एक प्रेस वक्तव्य जारी गरी निलम्बन गरेका हुन्।
गत फागुन २७ गते विष्टले प्रदेश सभा सदस्यबाट इमेलमार्फत राजीनामा दिएका थिए। यस्तै चैत ४ गते उनले सदस्य पद छाडेको सनाखत गरेका थिए। सभामुख राजबहादुर शाहीले उनको राजीनामा स्वीकृत गरेका थिए।
विष्टको राजीनामा स्वीकृत र माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
चैत ६, २०७८ आइतबार १२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।