अस्ट्रेलिया हिँडेकी रन्जिता पुगिन् प्रहरी हिरासतमा

अस्ट्रेलिया हिँडेकी रन्जिता पुगिन् प्रहरी हिरासतमा

काठमाडौँ : अस्ट्रेलिया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी रन्जिता श्रेष्ठ अवैध रूपमा विदेशी रुपैंया लैजान लागेको आरोपमा पक्राउ परेकी छिन्।

काठमाडौँ महानगरपालिका-८ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको उनको साथबाट प्रहरीले १९ हजार ६ सय अस्ट्रेलियन डलर र ४२ अमेरिकी डलर फेला पारेको थियो। गोरखा बोर्लाङ-८ की २३ वर्षीया श्रेष्ठ शनिवार दिउँसो पक्राउ परेकी हुन्।

उनी कतार एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दोहा हुँदै अस्ट्रेलिया जान लागेकी थिइन्। उनको व्यागेज विमानस्थलमा खटिएको प्रहरीले एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला परेको हो।

चैत ६, २०७८ आइतबार १२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।