एक्कासि बढेको सुनको मूल्य विस्तारी ओरालो लाग्दै

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य नेपाली बजारमा तोलाको ९९ हजार दुई सय कायम भएको छ।
यसअघि शुक्रबार छापावाल सुन ९९ हजार आठ सय थियो। यस्तै आज तेजाबी सुनको मूल्य ९८ हजार सात सय रहेको छ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको छ।
चैत ६, २०७८ आइतबार ११:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।