अमेरिकामा 'कार शो'मा गोली चल्दा एक जनाको मृत्यु, बालबालिका समेत २० घाइते

एजेन्सीः अमेरिकाको अर्कान्सासमा एउटा 'कार शो'मा गोली चल्दा एक जनाको मृत्यु भएको छ। यस्तै करिब २० जना घाइते भएको बताइएको छ।
एएसपी (अर्कन्सास राज्य प्रहरी)लाई प्राप्त प्रारम्भिक जानकारीअनुसार गोली चल्दा कम्तीमा १० जनालाई गोली लागेको छ। घाइतेहरूमा बालबालिका पनि रहेका छन्।
अर्कान्ससको देशा काउन्टीस्थित डुमस शहरमा शनिबार राति गोली चलेको हो। त्यहाँका प्रहरी प्रमुख किथ फिन्चका अनुसार गोलीबारी साँझ ६:५० मा सुरु भएको हो। केही बन्दुकधारीहरू आएर एक्कासि गोली चलाएको पनि उनले बताएका छन्।
चैत ६, २०७८ आइतबार ११:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।