महोत्तरीमा पोखरीमा डुबेर दुई युवकको मृत्यु

महोत्तरीः जिल्लाको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर रहेका छन्।
स्थानीयले पानीमा डुबेका सुमनलाई जीवितै उद्धार गरेका थिए। तर उचारका लागि लैजाँदै गर्दा ठाकुरको मृत्यु भएको हो।
यस्तै महोत्तरी गाउँपालिका–५ गौरीगाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
होली खेलेर शनिबार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएका थिए।
चैत ६, २०७८ आइतबार १०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।