बिहानै साढे ३ बजे टेम्पो दुर्घटना, चालकको मृत्यु दुई जना घाइते

पर्साः जिल्लाको ठोरी गाँउपालिका- ३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। टेम्पोमा सवार अन्य दुई जना सामान्य घाइते भएका छन्।
पर्साको ठोरी गाँउपालिका-४ का अन्दाजी ३५ वर्षीय वीरबहादुर विश्वकर्माको मृत्यु भएको हो। घाइते हुनेमा ठोरी- ३ का खेलबहादुर विश्वकर्मा र विजय सुनार रहेका छन्। उनीहरूलाई उपचारको लागि स्थानीय मेडिकल पठाइएको छ।
रामनगरबाट विजयबस्तीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो।
चैत ६, २०७८ आइतबार ०९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।