एमसीसीले रोजगारी र अन्तर्राष्ट्रिय व्यापार बढ्छ: गृहमन्त्री खाँण

पाल्पाः गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा रहेको बताएका छन्। विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै उनले यसले देशमा विकास हुने जानकारी दिए।
नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, “एमसीसी नेपालका लागि फाइदा छ। यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ।”
यस्तै खाँणले सरकार स्थानीय तहको निर्वाचनको तयारीमा लागेको पनि बताएका छन्। उनले भने, “ स्थानीय तहको निर्वाचन हुन्छ। सरकार निर्वाचनका तयारीमा लागेको छ। यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ।”
यस्तै उनले उद्योगी, व्यवसायी लगायत सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४सै घण्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको पनि बताएका थिए।
चैत ६, २०७८ आइतबार ०८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।