दक्षिण कोरियामा तीव्र गतिमा फैलिँदै कोरोना, संक्रमितको संख्या ९० लाख नाघ्यो

सोल : दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी रहेको छ। अहिले दैनिक पौने चार लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि हुने गरेको छ। सङ्क्रमित हुने गरेका छन्।
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा तीन लाख ८१ हजार ४५४ नयाँ संक्रमित फेला परेका छन्।
थपिएका संक्रमितसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमितहरूको संख्या ९० लाख ३८ हजार ९३८ पुगेको छ। पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या साढे तीन लाखभन्दा बढी भएका छन्।
कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण फैलिन थालेपछि दैनिक संक्रमितको संख्या एकाएक वृद्धि भएको हो।
(((
चैत ५, २०७८ शनिबार २२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।