मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको होः नेता सिंह

मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको होः नेता सिंह

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका हुन्।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसिसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका हुन्।

“केपी ओली सरकारले जनताबाट पाएको जनमतको अपमान गरी संविधानविपरीत चलेपछि मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको हो”, उनले भने। गठबन्धन सरकार कांग्रेसको चाहना नभई मुलुकलाई निकास दिनका लागि बनेको उनले भनाइ थियो।

पार्टीका पूर्वमहामन्त्री सिंहले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको कार्यकर्ताको भावनालाई बुझेर गठबन्धनबारे निर्णय लिने बताए। उनले हरेक राजनीतिक परिवर्तनको नेतृत्वकर्ता कांग्रेस भएको बताउँदै कांग्रेसले देशलाई सङ्कट पर्दा निकास दिँदै आएको उल्लेख गरे। 

चैत ५, २०७८ शनिबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।