प्युठानमा बस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते

काठमाडौँ : प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ-प्युठान सीमानामा दुर्घटना भएको छ। शनिबार भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
ना३ख ७१३२ नम्बरको बस प्युठानको माण्डवी गाउँपालिका-२ सेतो पहरनजिक दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेलाई अहिले स्थानीयले उद्धार गरी उपचारका लागि मुर्कुटी अस्पतालमा लगिएको छ।
चैत ५, २०७८ शनिबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।