कांग्रेसलाई १३ सिटमा झार्दिन्छौंः एमाले अध्यक्ष ओली

कांग्रेसलाई १३ सिटमा झार्दिन्छौंः एमाले अध्यक्ष ओली

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्ने बताएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा झारिदिने बताएका हुन् । 

उनले जो व्यक्ति भत्ता खाइरहेको छ उसले कांग्रेसलाई भोट नदिने र जो व्यक्ति भत्ता खाने बेला हुन लागेको उनले पनि भोट नदिने दाबी गरे। यस्तै कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको भन्दै अब एमाले बाहेक अरु पार्टी सरकारमा गएर तलबभत्ता नबढ्ने उनले बताए। 

उनले भने, 'एमाले देशको पहिलो पार्टी हो।, संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको छ।, देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादीसहितका अन्य पार्टीको भाँडो रित्तिसक्यो।' 

चैत ५, २०७८ शनिबार १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।