रुससँग 'अविलम्ब वार्ता'का लागि जेलेन्स्कीको आग्रह, वार्ता भाड्ने प्रयास गरेको पुटिनको आरोप

एजेन्सीः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग 'अविलम्ब वार्ता' गर्ने बताएका छन्। एक भिडियो सन्देशमार्फत उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा वार्ता गर्ने बताएका हुन्।
उनले भनेका छन्, 'अब भेट्नपर्छ, बोल्नपर्छ। म सबैलाई सुनाउन चाहन्छु। खासगरी मस्कोलाई।' जेलेन्स्कीले अब युक्रेनको भौगोलिक अखण्डता र निष्पक्षता नवीकरण गर्ने बेला आएको पनि बताएका छन्।
यता पुटिनले भने युक्रेनले वार्ता भाडेको आरोप लगाएका छन्। जेलेन्स्कीले जर्मन चान्सलरसँग फोनवार्तामा अस्वाभाविक प्रस्तावहरू राखेको भन्दै पुटिनले वार्ता भाड्न लागेको बताएका हुन्।
चैत ५, २०७८ शनिबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।