४ जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त

४ जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त

एजेन्सीः अमेरिकी मरिन सेनाको विमान एमभी-२२बी दुर्घटनाग्रस्त भएको छ। शुक्रबार उत्तरी नर्वेको आर्क्टिक महासागर क्षेत्रमा विमान दुर्घटनामा परेको हो।

विमानमा चार जना सवार थिए। साँझ ६ बजेसम्म पनि विमान फर्केर नर्वेजियन एयर फोर्स बेसमा नआएपछि हराएको पुष्टि भएको थियो। अन्तिम पटक साल्टजेलेट पर्वतमा देखापरेको विमानको खोजी कार्य जारी रहेको छ।

अमेरिकी मरिन कोर्प्सका प्रतिनिधिले विमानले 'एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२' नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको बताएका छन्।

चैत ५, २०७८ शनिबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।