गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ: एमाले अध्यक्ष ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग जनतामाझ जाने कुनै अजेण्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको बताएका छन्। एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेले आउने स्थानीय चुनावमा बहुमत सिट जित्नैपर्ने बताएका छन्।
अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई इङ्गित गर्दै मुद्दा जितेर आएका झगडियाहरूलाई जनतामा जाने अधिकार नै नरहेको पनि बताएका थिए। उनले भने, 'यो अदालतले बनाइदिएको गठबन्धन हो। जनताले हो र गठबन्धन बनाइदिएको? भोटले हो र? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ। अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने हो, हामी जनताको बीचमा जाने हो।'
चैत ५, २०७८ शनिबार ११:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।