च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ: एमाले नेता ढकाल

काठमाडौंः नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन्। प्रेस चौतारी नेपाल जिल्ला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्त्व एमाले र अर्काे ध्रुवको नेतृत्त्व कांग्रेसले गरिरहेको बताएका हुन्।
अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने पनि उनले बताए। “केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ”, उनले भने।
स्थानीय तहको निर्वाचन एमालेको दबाबका कारण समयमै हुन लागेको पनि उनले दावी गरे। निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको आरोप लगाउँदै उनले निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने तर्क गर्दै भने्, “सङ्घीयमा निर्वाचन हुँदा सरकारविहीनको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनु हुँदैन।”
यस्तै उनले एमालेले एकीकृत समाजवादीलाई राजनीतिक मान्यता नदिएको पनि उल्लेख गरेका थिए।
चैत ५, २०७८ शनिबार १०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।