भक्तपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

भक्तपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

काठमाडौंः भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- ३ कौशलटारमा गए राति गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर गाईघाट घर भई हाल ललितपुरको इमाडोलमा बस्दै आएका १८ वर्षीय प्रदीप कार्की रहेका छन्।

घाइते भएका कार्कीलाई उपचारको लागी महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर पुर्याउनासाथ राति सवा १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। कार्की गए राति सवा ९ बजे ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेका थिए।

ट्रयाक्टरसहित चालक भने महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेका छन्।

चैत ५, २०७८ शनिबार ०९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।