मौसम अपडेट: प्रदेश १ को पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागमा चट्याङसहित वर्षको सम्भावना रहेको जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्राणाली नरहे पनि पहाडी भूभागमा भने आंशिक बदली भइरहेको छ।
यतिबेला देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
चैत ५, २०७८ शनिबार ०८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।