रेखामाथि गालीगलौज गर्ने युट्युबर वाइबा पक्राउ

काठमाडौं: युट्युबर शर्मिला वाइबालाई चितवनमा पक्राउ गरिएको छ । अभिनेत्री रेखा थापाविरुद्ध सामाजिक सञ्जालमा जथाभावी बोलेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
अभिनेता पल शाहले नाबालिगमाथि बलात्कार गरेको भन्दै उजुरी परेपछि रेखाले सो पीडित नाबालिगको समर्थनमा फेसबुकमा स्टेटस लेखेकी थिइन्।
सोही स्टेटसमा वाइबाले रेखाविरुद्ध गालीगलौजकाे शब्द प्रयोग गर्दै कमेन्ट गरेकी थिइन्। त्यसपछि रेखाले प्रहरीमा उजुरी दिएकी थिइन्।
वाइबाले युट्युबमार्फत पल शाहको समर्थनमा अनुसन्धान नै प्रभावित हुनेगरी भिडियो अन्तर्वार्ता पनि दिइरहन्थिन्।
चैत ४, २०७८ शुक्रबार २२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।