बर्दियाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दियाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमाडौँ : बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका-८ कण्ठपुरस्थित नेपाल–भारत सीमा नाकामा ६८ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताए। 

पक्राउ पर्नेमा भारत बहराइच जिल्ला शिवरात्रीपुरका २५ वर्षीया सबिना साई र २६ वर्षीय सद्दाम साई तथा काठमाडौँ महानगरपालिका-७ का ४७ वर्षीय सुमन केसी रहेको उपरीक्षक शाहीले जानकारी दिए। तीनै जनालाई विहीबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।
 

चैत ४, २०७८ शुक्रबार २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।