यूएईसँग नेपाल ४८ रनले पराजित

यूएईसँग नेपाल ४८ रनले पराजित

काठमाडौँ : आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएको छ। यूएईले दिएको १६९ रन पछ्याएको नेपाल ३५ ओभर १ बलमा १२० बलमा समेटियो। 

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए भने ज्ञानेन्द्र मल्लले २८, कुशल भुर्तेलले ११, आसिफ शेख र सन्दीप लामिछानेले ७, करण केसी र सोमपाल कामीले ६, दीपेन्द्रसिंह ऐरी ४, आरिफ शेख र कमल ऐरी शून्य रनमा आउट भए। 

बलिङतर्फ यूएईका लागि बसिल हमीदले चार र जुनैद सिद्दिकीले तीन विकेट लिए। यस्तै जहोर खान र रोहन मुस्तफाले एक–एक विकेट लिए। 

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै एक सय ६८ रन बनाएको थियो। 

बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिएका थिए भने करण केसीले तीन, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक–एक विकेट लिएका थिए।

चैत ४, २०७८ शुक्रबार १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।