थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ९१४ जनाको कोरोना परीक्षण गरिएको थियो। 

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या तीन हजार ९९६ रहेको छ। पछिल्लो समय ३९२ जना कोरोनाबाट मुक्त भएका छन्। योसँगै निको हुनेको संख्या नौ लाख ६२ हजार १७३ पुगेको छ । निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन। मन्त्रालयका अनुसार २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके छन्। मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्लामा कोही पनि कोरोनाबाट सङ्क्रमित छैनन्। 

नेपालमा सङ्क्रमण दर १७.८ प्रतिशत छ । हाल होम आइसोलेसनमा तीन हजार ९२७, संस्थागत आइसोलेसनमा ६९, आइसियुमा २७ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा देशभर २९ हजार ३९० जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। 

चैत ४, २०७८ शुक्रबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।